नियम १९
नगदी चलानी भरपाई
(१) न्यायाधिकरणमा नगदी रुपैयाँ पैसा बुझाउन वा धरौट राख्नु पर्ने भएमा त्यसको साथ अनुसूची–५ बमोजिमको ढाँचामा लेखिएको ३ प्रति चलानी समेत नगदी लगत शाखामा मुख्य कर्मचारी छेउ दाखिल गर्नु पर्छ ।
(२) उपनियम (१) बमोजिम दाखिल हुन आएका चलानीहरुमा निज कर्मचारीले निस्सा लगाई नगद बुझी लिई वा धरौटीमा आम्दानी बाँधी चलानीको सबै प्रतिहरुमा सही गरी सो चलानीहरु सम्बन्धित कर्मचारी छेउ पठाउनु पर्छ ।
(३) उपनियम (२) बमोजिम भई आएपछि सम्बन्धित कर्मचारीले एक प्रति चलानी नगद दाखिल गर्ने व्यक्तिलाई भरपाईको रुपमा दिई दोस्रो प्रति चलानी सम्बन्धित शाखामा सम्बन्धित मिसिल सामेल राख्न पठाई तेस्रो प्रति चलानी सिलसिला नम्बरसाथ फाईलमा राख्नु पर्छ ।